राष्ट्रपतिद्वारा संवैधानिक निकायमा ३८ पदाधिकारी नियुक्त, प्रधानन्यायाधीश राणाले गराए सपथ

0

काठमाडौं : संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको सपथ आज विहान भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणाले संवैधानिक निकायका प्रमुखलाई सपथ गराएका हुन् ।

शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर लगायतले सपथ ग्रहण लिएका हुन् ।

महिला आयोग अध्यक्षमा कमलाकुमारी पराजुली, दलित आयोगको अध्यक्षमा देवराज विक, समावेशी आयोगका अध्यक्षमनप्रसाद खत्री र आदिवासी आयोगमा अध्यक्ष रामबहादुर थापाले पनि सपथ लिएका छन् ।

संवैधानिक आयोगका अध्यक्षलाई प्रधानन्यायाधीसले र अन्यलाई अध्यक्षले शपथ खुवाउने संवैधानिक प्रावधान छ ।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तिको नियुक्ति सिफारिस गरेको थियो ।

सिफारिस भएका ४५ जना भनिए पनि परिषद्ले गत पुस ५ गते ३८ जनाको नाम संघीय संसद् सचिवालयमा पठाएको थियो  । संवैधानिक परिषदबाट सिफारिस भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने भएकाले आज सपथ गराइएको हो ।

नियुक्तीको ४५ दिन मंगलबार पुगेको थियो । मंगलबार नै प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गरेको थियो । सोही अनुसार राष्ट्रपतिले ३८ जनालाई विभिन्न संबैधानिक आयोगमा नियुक्त गरेकी हुन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण संसदीय सनुवाइ हुन सकेको थिएन । संबैधानिक निकायमा संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.