भारतको ओडिसामा भ्यान दुर्घटना हुँदा ९ जनाको मृत्यु

0

एजेन्सी  भारतको ओडिसामा भएको भ्यान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । कोरापुट जिल्लास्थित कोटपुतमा गएराति भएको दुर्घटनमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यको कुल्टा जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । प्रहरीले भ्यान आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.