ओली समूहको जनसभा काठमाडौंको दरबारमार्गमा हुने

0

काठमाडौं : नेकपाको ओली समूहले काठमाडौंको दरबारमार्गमा माघ २३ गते सभा गर्ने भएको छ ।

काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपाको बागमती प्रदेश कमिटीले जनाएको छ ।

पार्टी विभाजनपछि पहिलो पटक राजधानीमा गर्न लागेको सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने नेकपा ओली समूहले जनाएको छ ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले २३ गतेको सभा अहिलेसम्मकै बिशाल हुने यसअघि नै बताएका छन् ।

सभाअघि माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर जुलुस निकाल्ने तयारी छ ।

सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीसमेत गरिने जनाइएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुबै समूहले देशभर शक्ति प्रदर्शन गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.