माइतीघरमा जारी धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी

0

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघरमा जारी धर्नामा आज शीर्ष नेता पनि सहभागी भएका छन् । चारदिनदेखि जारी धर्नामा आज अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समेत सहभागी भएका हुन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी भएका छन् । विघटन विरुद्धको आन्दोलन अन्तर्गत प्रचण्ड-माधव समूहले साताब्यापी धर्ना जारी राखेका छन् ।

धर्नापछि माघ २८ गते प्रचण्ड-माधव समूहले काठमाडौंमा बृहत प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रचण्ड-माधव समूहले बुटवल, विराटनगर र चितवनमा जनसभा समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.