कोरोना खोप लगाएर आउने विदेशी पर्यटकलाई नेपाल प्रवेशमा सहज पारिन्छ : पर्यटनमन्त्री

0

काठमाडौं : संस्कृति, पयर्टन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोरोना खोप लगाएर आउने विदेशी पर्यटकलाई नेपाल प्रवेशमा सहजता प्रदान गर्ने बताएका छन् ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा मन्त्री ढकालले विश्वमा खोप लगाउन शुरु भइसकेकाले अब खोप लगाएर आउने विदेशी पर्यटकहरुलाई स्वागत गर्दै पयर्टन क्षेत्र चलायमान बनाउने योजना सुनाए । 

पयर्टटनका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीसँग शुक्रबार भएको अन्तरक्रियामा मन्त्री ढकालले नेपालमा आएपछि पनि क्वारेन्टिनमा बस्ने अनिवार्य व्यवस्थालाई पनि परिमार्जन गर्ने जानकारी दिए ।

पर्यटनमन्त्री ढकालले ७२ घण्टा भित्र पीसीआर परीक्षण गराएर आएकाको रिपोर्ट र नेपालमा आएर पनि गरिएको पीसीआर परीक्षणको रिपोर्टका आधारमा सजिलै आफ्नो गन्त्व्यमा पुग्न दिने व्यवस्था चाँडै गर्ने पनि  प्रष्ट पारे ।

उनले भने ‘७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर आउने व्यवस्थालाई कडाईका साथ लागू गर्छौं साथै  नेपाल आएर गरिएको परीक्षणका आधारमा नेगेटिभ आए उनीहरु आफ्नो गन्त्व्यमा जान सक्छन् ।’

Leave A Reply

Your email address will not be published.