नेपालमा संक्रमितको संख्या घट्दै

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्ने क्रम जारी छ । शुक्रबार नेपालमा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २ सय २१ नमूना परीक्षण गर्दा ९८ पुरुष र ५९ महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६३, ललितपुरमा १४ र भक्तपुरमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रदेश एकमा ५, प्रदेश दुईमा छ, बाग्मतीमा ९२, गण्डकीमा ३४ लुम्बिनीमा १५, कर्णालीमा १ र सुदुरपश्चिममा चार जनामा कोरोना संक्रमित थपिएका छन् ।

अहिले देशभर तीन हजार २२ सक्रिय संक्रमित रहेका छन तिमध्ये १ हजार २ सय ४९ संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय ७३ रहेको छ । १ सय ४७ जनाको आईसीयु र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यस्तै थप ३ सय ३३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ६५ हजार ६ सय ९८ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९८ दशमलब एक प्रतिशत रहेको छ । हाल नेपालमा १ सय ११ जना क्वारेन्टिनमा रहेका छन । हालसम्म नेपालमा २० लाख ६४ हजार ८१ वटा पिसिआर नमूना परीक्षण गरिएको छ ।

त्यस्तै कोरोनाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य दशमलब सात पाँच प्रतिशत मात्रै रहेको छ ।

Leave A Reply

Your email address will not be published.