प्रदेश सरकारमा ओलीसँग मिलेर सरकारमा सहभागी हुन देउवाको प्रस्ताव

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश एक र बागमती प्रदेश सरकारमा सहभागी हुने प्रस्ताव नेताहरुसँग राखेका छन् ।

प्रदेशका सांसदहरु सहित शुक्रबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले प्रदेशमा सहभागी हुने गरी ल्याएको प्रस्ताव देउवाले नेताहरु समक्ष राखेका हुन् ।

तर छलफलमा सहभागी अधिकांश नेताहरुले प्रस्तावमा असहमति जनाएका छन् । उनीहरुले केन्द्र र प्रदेश सरकारमा कांग्रेसको एउटै नीति हुनु पर्ने भन्दै उक्त प्रस्तावमा सहमत हुन नसक्ने बताएका हुन् ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दाहाल-नेपाल समूहले प्रदेश एक र बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

अविश्वास प्रस्ताव अघि बढेपछि ओली समूहले कांग्रेसलाई मिलेर सरकारमा सहभागी हुन प्रस्ताव गरेको छ । तर कांग्रेसले प्रदेश सरकारमा सहभागी हुने विषयमा औपचारिक निर्णय गर्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.