ननभेज आन्दोलन घोषणा भएकाले सजग हुन सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ननभेज आन्दोलनको घोषणा भएकाले सजग रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले ननभेज आन्दोलनको सजग भएर सामना गर्न निर्देशन दिएका हुन । लोकतान्त्रिक प्रणाली विरुद्ध ननभेज आन्दोलनको घोषणा भएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले दुई चरणमा निर्वाचन हुने दाबी गरेका छन । शान्तिपूर्व ढंगले निर्वाचन गराउनका लागि सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहने प्रधानमन्त्री ओलीले बताए ।

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षामा ध्यान दिन निर्देशन दिए । सीमा क्षेत्रमा हुने अपराध, चोरी निकासी रोक्न बोर्डर आउट पोष्ट समेत थप गरिने मन्त्री थापाले बताए । सीमा सुरक्षा ऐन समेत बनाउने प्रक्रिया अघि बढेको उनको भनाइ थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जनशक्ति बजेट र साधन श्रोत थप भए सशस्त्र प्रहरीको काम अझै प्रभावकारी हुने बताए ।

Leave A Reply

Your email address will not be published.