प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

0

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले काठमाडौंमा जनप्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गरेको हो ।

प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी भएका छन् । उपत्यकाका नौ ठाँउबाट निस्कने जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

जुलुस स्थायी समिति सदस्यको नेतृत्वमा निकालिएको छ । सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-माधव समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.