संसद विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेश

0

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गरेका हुन् ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । प्रश्न उठेपछि सरकारले पुस ५ को मिति राखेर बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो ।

राजपत्र पेश भएपछि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि निवेदकका तर्फबाट बहस जारी छ । बहसमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका छन् ।

बिहीबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्यौपाने, ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा यो मुद्दामा गत आइतबारदेखि निरन्तर सुनुवाइ भैरहेको छ । बहसका लागि ३ सय भन्दा बढी कानुन व्यवसायीले नाम लेखाएकाले बुधबारवाट ३० मिनेटको समय निर्धारण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.