प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

0

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन् । उपत्यकाका दश ठाँउवाट जुलुस निकालेर रत्नपार्कवाट जुलुस तथा सभा हुने नेकपाले जनाएको छ ।

त्यसअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसवाट स्थायी समिति सदस्यको नेतृत्वमा जुलुस निस्कने छ ।

रत्नपार्कबाट शुरु हुने मुख्य जुलुस बागबजार पुतलीसडक, भद्रकाली हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटन पछि दाहाल नेपाल समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.