भ्रमण दुई देशीय सम्बन्धलाई मजबुद बनाउन केन्द्रित : परराष्ट्रमन्त्री ज्ञवाली

0

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्धलाई मजबुद बनाउन केन्द्रित भएको बताएका छन् ।

तीनदिने भारत भ्रमण सेकर शनिबार नेपाल आइपुगेका मन्त्री ज्ञवालीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा बिकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रीत रहेको बताए ।

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भे अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए ।

नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए । मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको सन्देश भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन भने पाएनन् ।

त्यस्तै सीमा विवाद, इपीजी प्रतिवेदन, १९ सय ५० को सन्धी लगायतका विवादित विषयमा भारत प्रवेश नै गर्न नचाहेपछि मन्त्री ज्ञवालीको भ्रमण औपचारिकतामा सीमित भएको छ ।

Leave A Reply

Your email address will not be published.