न्यायाधीशहरुलाई मैले भेटेको भन्ने खबरमा सत्यता छैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने खबरमा सत्यता नभएको दावी गरेका छन् । नेकपा ओली पक्षको प्रदेश १ सम्पर्क कमिटीको भेलामा प्रधानमन्त्री ओलीले न्यायाधीशलाई आफूले कहिल्यै नदेखेको र चिन्न पनि नचिनेको जिकिर गरे ।

उनले न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गएको भन्ने खबर न्याय प्रणाली माथिको गम्भीर प्रहार भएको बताए । सपना प्रधान मल्ललाई न्यायाधीश हुनअघि सार्वजनिक कार्यक्रममा भेटेपनि अरु न्यायाधीशलाई देख्दै नदेखेको उनले दावी गरे ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरे । ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका दाहालले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले देश बरबाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गरे । सरकारले सम्पुर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गरे ।

ओली समूहका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं अध्यक्ष बनेकोमा कटाक्ष गरे । उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताए ।

उनले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको दाबी पनि गरे । संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.