ओलीलाई स्पष्टीकरण सोध्‍ने, महासचिव पौडेललाई पदबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय

0

काठमाडौं : पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाउनका लागि स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । यसअघि ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय सो पार्टीले गरिसकेको छ ।

बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह–इन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन ।

त्यस्तै प्रचण्ड-माधव समूहले प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौंमा माघ १६ गते शक्ति प्रदर्शन गर्ने भएको छ । संसद विघटन विरुद्ध दोस्रो चरणको आन्दोलन राजधानी केन्द्रित गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले कामचलाउ सरकारले भारतसँग कुनै पनि सम्झौता गर्न नमिल्ने जनाएको छ । बैठकले परराष्ट्रमन्त्रीको भारत भ्रमणको क्रममा कुनैपनि सम्झौता नगर्न चेतावनी दिएको हो । 

Leave A Reply

Your email address will not be published.