कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्दै

0

काठमाडौं : नेपाली कांग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध देशभर प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षी दलले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्ने कार्यलाई कांग्रेसले संविधान विपरित भन्दै आएको छ । कांग्रेसले यसअघि संसद विघटनका विरुद्धमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

संसद विघटन असंबैधानिक भन्नेमा कांग्रेसमा एकमत रहेको छ । सरकारले घोषणा गरेको निर्वाचनलाई संस्थापनले सकारात्मक मानेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध जनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.