ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका छ : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन सम्बन्धी अदालतमा विचाराधिन मुद्दामा जुलुस निकालेर ‘यो गर, ऊ गर’ भन्न नहुने बताएका छन् ।

संसद विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताएका हुन् । सर्वोच्चभन्दा पनि ठूलो अदालत ‘जनता’ भएको भन्दै सभापति देउवाले नेपाली कांग्रेस चुनावमा जान नडराउने बताए ।

कांग्रेस अदालतको निर्णय मान्छ भनेर बोल्दै गर्दा नजिकैबाट कार्यकर्ताले प्रतिवाद गरेपछि सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम केही समय अबरुद्ध समेत भएको थियो ।

सभापति देउवाले ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताए । चुनाव नगराए ओली प्रजातन्त्रविरोधी तत्वको रुपमा रहने र नेपालमा बस्न गाह्रो हुने उनको भनाइ छ ।

देउवाले अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट फालिने बताए । संसद विघटन प्रजातन्त्र र संविधान विरुद्धको कदम भएको उनको भनाइ छ । सभापति देउवाले नेकपाको लडाईं अरु केही नभइ दाहाल र ओलीको झगडा भएको पनि बताए ।

Leave A Reply

Your email address will not be published.