नेपालमा थपिए ३६२ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा थप तीन सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार २ सय ८६ पीसीआर नमूना परीक्षण गर्दा २ सय तीन जना पुरुष र १ सय ५९ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ९४ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा छ , बागमती प्रदेशमा २ सय ३९ र गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ४६, कर्णाली प्रदेशमा थप ८ र सुदुरपश्चिममा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार ६ सय ८१ रहेको छ । तिमध्ये ३ हजार २ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय ८९ रहेको छ । आईसीयुमा १ सय ८६ र भेन्टिलेटरमा ३८ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ६ सय ९९ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ५७ हजार ९ सय २८ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव पाँच प्रतिशत रहेको छ ।

हालसम्म १९ लाख ७८ हजार ८ सय ४७ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर दुई सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमणवाट थप तीन जनको मृत्यु भएको छ । योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय १२ पुगेको छ । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात दुई प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.