टेस्लाका सीइओ एलन मस्क विश्वकै धनी

0

एजेन्सी : कार निर्माता कम्पनी टेस्लाका कार्यकारी अधिकृत ‘सीइओ’ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सन २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत पछि पारेका हुन् ।

टेस्लाको सेयरमा निरन्तर वृद्धि भएपनि उनी धनीको सूचीमा पहिलो नम्बरमा आएका हुन् । विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ । ब्लुमबर्गका अनुसार मक्सको आम्दानी १ सय ८८ बिलियन अमेरिकी डलर भन्दा बढी भएको छ ।

अमेजनका संस्थापक जेफको आम्दानी १ सय ८७ बिलियन अमेरिकी डलर छ । कोरोना भाइरसका कारण २०२० मा विश्व नै समस्यामा परेपनि एलनका लागि यो वर्ष निक्कै फाइदाजनक भएको छ ।

२७ सय बिलीयन अमेरिकी डलर सम्पति भएका एलनले यो वर्ष १ सय ५० बिलीयन अमेरिकी डलर सम्पति आर्जन गरेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सूचीम पाँच सय अर्बपति सामेल छन् ।

अमेजनका बेजास भने पारिवारिक झगडाका कारण यसवर्ष विश्वकै धनी हुन पाएनन् । डिभोर्सपछि उनले आफ्नो सम्पतिको केही भाग आफ्नो श्रीमतीलाई दिनुपरेको थियो । उनी तीन वर्षदेखि लगातार शीर्ष स्थानमा रहँदै आएका थिए ।

Leave A Reply

Your email address will not be published.