संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाए : ट्रम्प

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको निन्दा गरेका छन् । घटनाको एक दिनपछि भिडियो सन्देश सार्वजनिक गर्दै उनले हिंसा भड्काउने कार्यमा संलग्नप्रति खेद व्यक्त गरेका हुन् ।

समर्थकहरुलाई भड्काएका कारण संसदमा हमला भएको को आरोप लागेको समयमा ट्रम्पले अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने बताएका छन् । उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले हिंसात्मक घटन भएपछि घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको दावी पनि गरेका छन् । अमेरिकी सञ्चारमाध्यमले संसदमा सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको बताएका छन् ।

ट्रम्प त्यसको विरोधमा रहेको दावी समेत गरिएको छ । ट्रम्पले आफु व्यवस्थित रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको पनि दोहोर्‍याएका छन् । नयाँ प्रशासन जनवरी २० मा आउने र सुचारु, सुव्यवस्थित र निर्वाध सत्ताको हस्तान्तरणका लागि आफु प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.