प्रचण्ड-माधव समूहले आज देशभर प्रधानमन्त्रीविरुद्ध विरोधपत्र बुझाउने

0

काठमाडौं : प्रचण्ड-माधव पक्षीय नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज देशभरबाट विरोधपत्र बुझाउँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत विरोधपत्र बुझाउन लागेको हो ।

सो समूहले ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने कार्यक्रम यसअघि नै घोषणा गरेको थियो । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउन लागिएको हो ।

विरोधपत्रमा राष्ट्रका नाममा क्षमा मागि गलत काम सच्याउन अनुरोध गरिएको छ । दाहाल नेपाल समूह निकट विद्यार्थीले पनि सबै जिल्ला पशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि दाहाल नेपाल समूह आन्दोलनमा छ । सो समूहले हिजो नागरिक समाजसँग अन्तरक्रिया गरेको थियो ।

Leave A Reply

Your email address will not be published.