प्रधानमन्त्री ओली आज धनगढी जाँदै

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिमको धनगढी जाने भएका छन् । आफु निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको हो ।

पार्टी विभाजन भएपछि ओली उपत्यका बाहिरको कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री ओलि शुक्रबार बिहान श्रीएरलाईन्स मार्फत धनगढी जाने कार्यक्रम रहेको छ । उनी आजै काठमाडौं फर्कनेछन् ।

Leave A Reply

Your email address will not be published.