परराष्ट्रमन्त्री ज्ञवाली माघ एक गते भारत जाने, मन्त्रीस्तरीय बैठकमा सहभागी हुने

0

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ एक गते भारत जाने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि उनी नयाँ दिल्ली जाने भएका हुन् ।

भ्रमणका क्रममा ज्ञवालीले राजनीतिक भेटघाट समेत गर्नेछन् । ज्ञवाली एक गते संयुक्त आयोगको बैठकमा सहभागी हुने र दोस्रो दिन उनले राजनीतिक भेटघाट गर्ने तय भएको छ । बैठकको मितिका बारेमा दुबै देशले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

आयोगको बैठक यसअघि नेपालले मंसिरको दोस्रो वा अन्तिम साता गर्न प्रस्ताव गरेपनि भारतले स्वीकार गरेको थिएन । नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि भारतले बैठकको मिति तय गरेको हो ।

आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा भएको थियो । बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।

नेपालमा राजनीतिक उतारचढाब कायम रहेको समयमा परराष्ट्रमन्त्रीले गर्न लागेको भ्रमणलाई महत्वपुर्णरुपमा हेरिएको छ । नक्सा विवादपछि दुई देशबीच देखिएको विवाद अन्त्य गर्न पनि भ्रमण महत्वपुर्ण हुने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.