हराएका कृष्णबहादुरको शव भेटियो

0

तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।
यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.