सीमाकंनसहितको संविधान जारी हुने

0

काठमाडौं, १८ साउन । मुख्य दलहरु जनताको सुझावअनुसार संघीयताको सिमांकनसहितको संविधान जारी गर्न सहमत भएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा सोमबार बसेको संवाद समितिअन्तर्गतको विशेष कार्यदलको बैठकमा सिमांकनसहितको संघीय संविधान जारी गर्ने सहमति भएको हो । बैठकले भोलि बेलुकासम्म सबै विषयमा सहमति जुटाउने गरी छलफल चलाउने निर्णय गरेको छ ।
बैठकमा नेताहरुले सिमांकनसहितको संविधान जारी गर्ने विषयमा १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीच विमति नरहेको बताए । विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति सत्यता नभएको भन्दै शीर्ष नेता सम्मिलित कार्यदलले मंगलबारसम्म सबै विषयमा सहमति जुटाएर जति सक्दो चाँडो संविधान जारी गर्ने सहमति भएको नेताहरुको भनाइ छ । बैठकपछि नेताहरुले सिमांकन, धर्म, नागरिकता, शासकीय स्वरुपलगायतका सबै विषय टुंगो लगाइने बताए ।

Leave A Reply

Your email address will not be published.