‘दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदियो’

0

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको प्रतिक्रिया दिएका छन् ।

ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा चित्रण गरेका हुन् ।

ट्वीटमा उनले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका हुन् । आगो लागेपछि निभाउन जुटनुपर्नेमा केही सन्तान खरानीका लागि दौडिएको भन्दै प्रतिपक्षी कांग्रेसप्रति पनि भट्टराईले व्यङ्ग्य गरेका छन् ।

नेता भट्टराईले नेकपाले संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजेको पनि उल्लेख गरेका छन । घरझगडामा छिमेकी भने रमिते बनेको उनको टिप्पणी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी आन्दोलनमा छ । उसले प्रतिनिधि सभा जिवित रहेको भन्दै बैठक बोलाउन सभामुखको समेत ध्यानाकर्षण गराइसकेको छ ।

Leave A Reply

Your email address will not be published.