इजरायलले १० लाख भन्दा बढी व्यक्तिलाई दियो कोरोनाविरुद्धको खोप

0

एजेन्सी : इजरायलले १० लाख भन्दा बढी आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी भएका हुन् । यो संख्यासँगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ ।

इजरायलमा डिसेम्बर १९ बाट फाइजर र बायोनटेनले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउन थालिएको हो । ६० वर्ष भन्दामाथिका व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका समुहलाई पहिलो चरणमा खोप दिइएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेब्रुअरीबाट महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन् । इजरायलमा महामारीविरुद्ध अहिले तेस्रो चरणको देशव्यापी लकडाउन जारी छ ।

Leave A Reply

Your email address will not be published.