कंगोमा नयाँ वर्ष मनाइरहेको बेला कम्तिमा २५ जनाको हत्या

0

एजेन्सी : प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ । देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो ।

नागरिक अधिकारकर्मीले भने आक्रमणमा तीस जनाको मृत्यु भएको दाबी गरेका छन् । ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक एक गरी मारेको बताइएको छ ।

आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको आरोप सरकारी सेनाले लगाएको छ । तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

सन् १९९० को दसकदेखि कंगोमा युगान्डा मुस्लिम विद्रोही समूहले आफ्नो लडाइँ जारी राखेको छ । जसका कारण अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.