काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

0

काठमाडौं : राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन तथा सभा गरेको छ । राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर राप्रपाले रत्नपार्कमा सभा गरेको हो ।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्न माग गरे । त्यसो हुन नसके जनताले सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनी दिए । उनले हिजो कठिन घडीमा राप्रपाले बोकेर हिडेको मुद्दा अब आम नेपालीको एजेण्डा बनिसकेको दाबी पनि गरे ।

अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले देशी विदेशी शक्तिको चलखेल बढेको भन्दै राजसंस्थाले मुलुकको अभिभावक लिने समय आएको बताए । सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुश निस्किएका थिए ।

Leave A Reply

Your email address will not be published.