प्रदेश २ मा पनि संसदीय दलको नेता परिवर्तन गर्ने दाहाल-नेपाल समूहको तयारी

0

बाग्मती प्रदेश र प्रदेश १ मा नयाँ ससदीय दलको नेता चयन गरेको नेकपा दाहाल नेपाल पक्षले अब प्रदेश २ मा पनि संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ ।

प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

प्रदेश संसदीय दलको विधान २०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् । शुक्रबार बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताइएको छ ।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । तीमध्ये बहुमत आफ्नो पक्षमा रहेको दाहाल नेपाल पक्षले दाबी गरेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गरेको सो समूहले आइतबार बैठक बसेर हटाउने जानकारी दिएको छ ।

प्रदेश २ मा तत्कालीन संघीय समाजवादी र राजपामिलेर सरकार बनाएका थिए ।

Leave A Reply

Your email address will not be published.