बागमती प्रदेशसभाको अधिवेशन माघ सात गते बोलाउन सिफारिस

0

हेटौंडा : बागमती प्रदेश सभाको अधिवेशन माघ सात गते राख्न प्रदेश सरकारले सिफारिस गरेको छ । शुक्रबाबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बागमतीमा प्रदेश सभाको वैठक लामो समय देखि बस्न सकेको छैन । गत साउन ८ गते छैटौं अधिवेशन सकिएपछि देखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखापरेसँगै सरकार धरापमा भएको बेला प्रदेश सभाको वैठक बोलाउन सिफारिस गरिएको हो ।

प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा पनि छलफल हुनेछ । प्रदेश सभामा दाहाल नेपाल समूहका ३७ सदस्यले मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पुस दश गते नै अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकले राप्ती नगरपालिका चितवनलाई लिजमा जमिन दिने, प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृत गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा छलफल गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.