देशभर मनाइयो राष्ट्रिय पोशाक दिवस

0

काठमाडौं : ८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्चपास गरी दिवस मनाएका हुन् ।

हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरु साँस्कृतिक पहिचान सहितको पोशाकका साथ र्‍यालीमा सहभागी भएका थिए ।

ढाका र भाद्भाउले टोपी, दौरा–सुरुवाल, गुन्यु–चोली लगाएका युवा युवतीहरुले नेपाली झण्डा र बाजागाजासहित मार्चपास गरेका हुन् ।

पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धरासायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्वसमुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको हो ।

मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यसहित पुस १७ मा राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो ।

Leave A Reply

Your email address will not be published.