चीनको साइनोफार्मले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृत

0

एजेन्सी : चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ ।

तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाबकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् । चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ ।

चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो ।

चीनमा हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ चीनले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको छ । चीनले आफूले विकास गरेको खोप कम विकसित मुलुकहरूलाई उचित मूल्यमा दिने बताएको छ ।

चीनले विकास गरेको खोप यूएई, बहराइनले प्रयोग थालेका छन । पाकिस्तानले पनि १२ लाख मात्रा खरिद गर्ने घोषणा गरेको छ ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै संक्रमणको दरलाई निकै कम राख्न चीन सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.