विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

0

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन् ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५ सय भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदानप्रदानसहित कार्यक्रम राखिएको थापाले बताए ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार नेपाली समय अनुसार शुक्रबार (आज) बिहान ११ः३० बजेदेखि कार्यक्रम हुनेछ । पुस ५ गते प्रधानमन्त्रीले संसद् विघटन गरेपछि चाैतर्फी आलाेचना भइरहेका बेला विदेशमा  रहेका नेपालीहरुसँग अन्तर्क्रिया गर्न लागेका हुन् । 
 

Leave A Reply

Your email address will not be published.