तीन वर्षमा प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र पानी खर्च भयो : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  ३ वर्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र ट्यांकीका ट्यांकी पानी खर्च भएको बताएका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो डल्लाका डल्ला साबुन, स्याम्पु र ट्यांकीका ट्यांकी पानी सकियो । उहाँ सुध्रिनु भएन ।’

त्यस्तै प्रधानमन्त्री ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन ।’

Leave A Reply

Your email address will not be published.