गैर आवासीय नेपाली युवती अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’

0

काठमाडौं : गैर आवासीय नेपाली युवती अंशिका शर्माले मिस नेपाल युनिभर्सको ताज जितेकी छिन् । मिस नेपाल ओशियानाकी फस्ट रनर अप २४ वर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी हुन् ।

प्रवासी नेपालीहरुको दोश्रो पुस्ताले पाएको यो सफलताले सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई गौरवान्वित बनाएको भन्दै संघका अस्ट्रेलिया अध्यक्ष केशब कंडेलले खुशी व्यक्त गरे ।

बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आवासीय नेपाली युवती ज्योति भट्ट निर्णायकहरुको रोजाइमा उत्कृष्ट पाँचमा परे पनि दर्शकको भोटिङबाट पछाडि परिन् । प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा हुने मिस नेपाल युनिभर्स जस्तो ख्याति प्राप्त प्रतियोगितामा गैर आवासीय नेपालीहरुको प्रस्तुति उच्च स्तरको रहेको निर्णायकहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.