प्रचण्ड–माधव समूहको बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यसअघि, प्रचण्ड-माधव समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.