प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

0

काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । आफुविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर अभियान चलाएपछि राईले उनलाई हटाएका हुन् ।

आङ्बो पूर्वमाओवादी नेता हुन् । उनी अहिले नेकपाको प्रचण्ड-माधव समूहमा छन् । आइतबार नै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड-माधव समूहको छ ।

केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरु चल्ने भएकाले प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको सो समूहले जनाएको छ । प्रदेशको ९३ जनाको प्रदेशसभामा ६७ सदस्य नेकपाका छन् । प्रदेश–१ प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । तर बदलिएको परिस्थितीमा प्रदेश एकमा मुख्यमन्त्री शेरधन राई अल्पमतमा छन् ।

प्रचण्ड-माधव समूहले सरकार बनाउन आवश्यक ४७ भन्दा बढी सांसद आफ्नो पक्षमा रहेको जनाएको छ । प्रदेशसभामा कांग्रेसका २१ सांसद छन् । यसैगरी विपक्षी जसपाका तीन राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सांसद छन् ।

Leave A Reply

Your email address will not be published.