चिनियाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल आज नेपाल आउँदै

0

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको टोली आज अपरान्ह नेपालको चारदिने भ्रमण आउन लागेको हो ।

येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन् । टोलीमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार जना सहभागी छन् ।

नेपालमा रहँदा टोलीले दुबै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल र माधव नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउन लागेको हो । भ्रमणका बिषयमा चीनले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेपनि प्रतिनिधि सभा भंग भएको अवस्थाबारे चीनले चासो राखेको हो ।

नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष दाहाल र नेपालसँग भेटवार्ता गरिसकेकी छिन् ।

Leave A Reply

Your email address will not be published.