प्रचण्ड-माधव समूहमा फर्किए छक्कबहादुर

0

काठमाडौं : हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड-माधव समूहमा फर्किएका छन् । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका थिए । उनलाई ओलीले केन्द्रीय सदस्य समेत बनाएका थिए ।

तर लामाले शनिबार विज्ञप्ति प्रकाशित गरेर आफू नेकपाको प्रचण्ड-माधव समूहमै रहेको बताएका हुन् । नेकपा कर्णालीका अध्यक्ष गोरख बोगटी र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मन्त्री बनाउन सहयोग गर्ने भनेपछि उनी ओली समूहमा पुगेको आरोप लागेको थियो ।

तर उनीहरु दुबै जना पछिल्लो मन्त्रिमण्डल विस्तारमा मन्त्री बनेका थिएनन् । लामा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.