सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन अपिल

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् । 

शनिबार एक अपिल जारी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको दोहोर्‍याउँदै प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले संविधानमा भएको व्यवस्था प्रतिकुल जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको बताएका हुन् । विघटनलाई असंवैधानिक कदमको संज्ञा दिएपनि पार्टीभित्र भने संसद पुनर्स्थापनाका पक्षमा नदेखिएको भन्दै तीब्र आलोचना भैरहेको समयमा देउवाले अपिल प्रकाशित गर्दै पार्टीको ध्यान सरकार विरुद्धको आन्दोलनमा भएको जनाएका हुन् । कांग्रेसले सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन आयोजना गरेको छ ।

Leave A Reply

Your email address will not be published.