नेपालमा थपिए ५ सय कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप पाँच सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ३४ पीसीआर नमूना परीक्षण गर्दा २ सय ८७ पुरूष र २ सय १३ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

काठमाडौं उपत्यकाका २ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय नौ भक्तपुर १६ र ललितपुरका ४२ जना रहेका छन् ।

प्रदेश एकमा १३, दुईमा चार, बागमतीमा ३ सय ७५, गण्डकीमा ५८, लुम्बिनीमा १ सय ३ र सुदुरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर ६ हजार ७ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ३ हजार ७ सय १० जना होम आइसोलेसन छन् । तीन हजार ३ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ सय २८ आईसीयु र ५० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

एकै दिन आठ सय ४० जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४९ हजार एक सय ३२ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९६ दशमलब सात प्रतिशत छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १९ लाख पाँच हजार ८ सय २६ पीसीआर नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा तीन सय ६९ रहेका छन् ।

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार आठ सय १९ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात एक प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.