इथियोपियामा विद्रोहीको आक्रमणमा परी मृत्यु हुनेको संख्या २०७ पुग्यो

0

एजेन्सी : इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ । रेडक्रसले बुधबार पश्चिम इथियोपियाको सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

विद्रोहीहरुले मेटेकल क्षेत्रको बेकोजी गाउँमा सर्वसाधारणममाथि जथाभावी गोली प्रहार गरेर हत्या गरेका हुन् । विद्रोहीको आक्रमणका कारण् चार लाख भन्दा बढी बिस्थापित भएका छन् ।

प्रधानमन्त्री अबी अहमदले विद्रोहीको आक्रमको निन्दा गर्दै कारवाहीको चेतावनी दिएका छन् । युरोपेली युनियनले जातीय हिंसा र मानवअधिकार उल्लंघनका घटना नदोहोर्‍याउन विद्रोहीहरुलाई चेतावनी दिएको छ ।

इथियोपियामा जातीय समूहहरुबीच पटक-पटक झडप हुँदा कयौं सर्वसाधारण मारिनुका साथै विस्थापित भएका छन् । इथियोपियामा आगामी जुनमा निर्वाचनको समेत घोषणा भएको छ ।

Leave A Reply

Your email address will not be published.