संवैधानिक इजलासले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

0

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्नुको कारणबारे राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयसँग लिखित जवाफ माग गरेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले लिखित जवाफ माग गरेको हो ।

त्यस्तै इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति समेत माग गरेको छ ।

त्यस्तै इजलासले थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वाेच्च बारबाट एमिकस क्युरी पनि माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.