मन्त्रिपरिषद विस्तार : ९ मन्त्री थपिए, दुई हटाइए

0

काठमाडौं : संसद विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा धेरै जसो मन्त्रीहरु पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु छन् । प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री नियुक्त गरे । बिमला विश्वकर्मालाई भने उनले राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

नवनियुक्त मन्त्रीहरुलाई शुक्रवार साँझै शपथ गराइएको छ भने पहिलो मन्त्रिपरिषद् बैठक समेत सामेल भएका छन् । प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोती दुगडलाई विदा गरेका छन् । सँगै प्रधानमन्त्रीको हेरफेरि पनि ब्यापक गरिएको छ । 

केही मन्त्री बाहेक सवैको जिम्मेवारी हेरफेर भएको छ । टोपबहादुर रायमाझलाई उर्जा मन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालयका मन्त्री वर्षमान पुन थिए । संसद विघटन भएपछि पुनले राजीनामा दिएका थिए । सांसद समेत नरहेका मणि थापा खानेपानी मन्त्री बनेका छन् । पहिले पूर्वमाओवादी तर्फकै बिना मगर खानेपानी मन्त्री थिइन् । प्रभु साह सहरी विकास मन्त्री नियुक्त भएका छन् । उक्त मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ मन्त्री थिए । 

उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रेम आले वन मन्त्री नियुक्त भएका छन् । उक्त मन्त्रालय पूर्वमाओवादी तर्फका नेता शक्ति बस्नेत मन्त्री थिए । उनी पनि सामुहिक राजीनामा दिदै बाहिरिएका थिए । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्रालय लगिएका छन् । गौरी शंकर चौधरी श्रम मन्त्री नियुक्त भए । उक्त मन्त्रालयमा पहिले रामेश्वर राय यादव मन्त्री थिए । दावा लामा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । 

यो मन्त्रालय मन्त्री जगत विश्वकर्मा हटाइएका छन् । जुलीकुमार महतो महिला बालबालिका मन्त्री बनेका छिन् । उक्त मन्त्रालयका मन्त्री लिला श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानूनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भने भूमि सुधार मन्त्री बनेकी छन् । 

भूमि सुधारबाट पद्या अर्याल कृषि मन्त्रालय पुगेकी छन् । अर्यालको मन्त्रालय हेरफेर यो तेस्रो हो । स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी अर्याललाई यसअघि भूमि सुधार लगिएको थियो । विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । भानुभक्त ढकालको मन्त्रालय पनि फेरिएको छ । उनलाई स्वास्थ्यबाट हटाएर पर्यटन लगिएको छ । 

Leave A Reply

Your email address will not be published.