बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

0

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य शालिकराम जमकट्टेलको नेतृत्वमा प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्तावमा प्रदेशसभाका ४५ जना सदस्यको हस्ताक्षर रहेको छ ।

अविश्वास प्रस्ताव दर्ता अघि प्रदेश सरकारबाट तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् । राजीनामा दिने तीनजना मन्त्री दाहाल-नेपाल पक्षका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिन लागेको हो । बागमती प्रदेशसभा १ सय १० सदस्सीय रहेको छ । तिमध्ये ८० जना नेकपामा छन् । तीमध्ये माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।

Leave A Reply

Your email address will not be published.