कांग्रेसले संसद विघटनविरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने

0

काठमाडौं : नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत आन्दोलनमा जाने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको कांग्रेसले दावी गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारदेखि जारी छ ।

Leave A Reply

Your email address will not be published.