नेपालमा थपिए ६१३ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय १० पीसीआर नमूना परीक्षण गर्दा ३ सय ८० पुरूष र २ सय ३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकाका २ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका १ सय ९९ भक्तपुर १८ र ललितपुरका २७ जना रहेका छन् ।

यस्तै प्रदेश १ मा ४४ जना, दुईमा छ जना, वाग्मतीमा दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा ६४ लुम्बिनीमा ७४, कर्णालीमा सात र सुदुरपश्चिममा एक सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ८४ जना रहेका छन् । तिमध्ये ३ हजार ९ सय ३३ जना होम आईसोलेसन छन् । तीन हजार ४ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ सय ६१ आईसीयु र ४९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

एकै दिन सात सय ३९ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४७ हजार चार सय पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९६ दशमलब चार प्रतिशत छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ९६ हजार २ सय ५० नमूना परिक्षण गरिएको छ ।

देशभर क्वारेन्टिनमा ४ सय जना रहेका छन् । कोरोना संक्रमणवाट थप पाँच जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार आठ सय आठ पुगेको छ । नेपालमा कोरोनावाट मृत्युु हुनेको संख्या शून्य दशमलब सात शुन्य प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.