ओली समूहले गर्‍यो प्रचण्डलाई कारबाही, कार्यकारी अध्यक्षबाट हटाइयो

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाललाई कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले दाहाललाई कारवाही गर्ने निर्णय गरेको हो ।

विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधिमा सग्लन रहेको आरोप लगाउदै दाहाललाई ओली समूहले कार्यकारी अध्यक्षबाट हटाएको हो । पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि दाहालले एकताको काममा कुनै ध्यान नदिएको भन्दै कारवाही गरिएको हो ।

बैठकले दाहाललाई कार्यकारी अध्यक्षवाट हटाएर ओलीको मात्र हस्ताक्षर चल्ने गरि विधान संसोधनको निर्णय पनि गरेको छ ।

यसअघि दाहाल–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभा बिघटन गरेको भन्दै ओलीलाई अनुशासनको कारवाही गर्दै पार्टी अध्यक्षबाट हटाएर सो स्थानमा माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो ।

नेकपा ओली समूहले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको समितिको सबै विवरण निर्वाचन आयोगमा बुझाएको छ । दाहालले प्रयोग गर्दै आएको कार्यकारी अधिकार खारेज’ भएको सूचनासहित संशोधित विधान ओली समूहले आयोगमा दर्ता गराएको हो ।

त्यसअतिरिक्त अध्यक्षले केन्द्रीय समितिका सदस्यहरू मनोनित गर्न पाउने र केन्द्रीय समितिबाट अनुमोदन गरे पुग्ने व्यवस्था समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.