प्रतिनिधिसभाको बैठक आह्वान गर्न जसपाद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण

0

काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । सो पार्टीका शीर्ष नेताहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विशेष अधिकार प्रयोग गरि बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

जसपका नेताहरु डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बैठक बोलाउन माग गरेका हुन् । जसपा नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद जीवितै रहेको दावी गरेका छन् ।

सभामुखले दलहरुसँगको छलफलका आधारमा आफु अघि बढने आश्वासन दिएका छन् । उनले बुधबार बक्तब्य जारी गरेर प्रतिनिधिसभा जीवितै रहेको आशय व्यक्त गर्दै दलहरुसँग छलफल गरेर अघि बढ्ने जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध जसपाले आन्दोलन घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.