प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ ।

दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

नेकपामा विवाद चुलिएको समयमा यसअघि पनि यान्छीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माधव नेपालसँग भेट गरेकी थिइन् ।

उनले राजदूतले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् । चीनले प्रधानमन्त्री ओलीलाई पद त्याग गरेर भएपनि पार्टी विभाजनको अवस्था आउन नदिन सुझाव दिएको थियो ।

Leave A Reply

Your email address will not be published.